इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान सुरु

इस्लाम धर्मावलम्बीहरूको महान पर्व रमजान आजदेखि सुरु भएको छ ।

इस्लाम दर्शनअनुसार रमजान महिनाभर रोजा (व्रत) बस्ने गरिन्छ।

रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि खाना खाने गर्दछन् ।

रोजा बस्न मुसलमान समुदायले उर्दू पात्रोअनुसार बिहान ४ः१० बजेदेखि बेलुका ६ः२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ ।

यस पर्वले मानिसलाई सत्मार्गमा डोर्याउने, संयम, सहनशीलता, परोपकार र सदाचारको अभ्यास गर्न प्रेरित गर्ने विश्वास गरिन्छ।

रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ। रासस


ताजा खबर