दृष्टिविहीनका लागि ‘स्मार्ट लठ्ठी’, बोलेरै पुर्याउँछ गन्तव्यसम्म

विज्ञान तथा प्रविधिको क्षेत्रमा भएका विभिन्न खोज, अनुसन्धान र अन्वेषणले मानव जीवनलाई सरल र सहज बनाउँदै आइरहेको छ ।

यसै क्रममा ट्रकीका वैज्ञानिक कुर्सत सेलनले आँखाको ज्योति गुमाएका मानिसका लागि स्मार्ट लठ्ठी बनाएका छन् । यो लठ्ठीलाई सेलनले ‘वी वक’ नाम दिएका छन् । यङ गुरु एकेडेमीका सहसंस्थापकसमेत रहेका सेलन यो लठ्ठीले बाटोमा पर्ने पसल र भवनहरुका बारेमा सजिलै जानकारी दिने बताउँछन् । ‘यसमा कयौँ एड्भान्स सेन्सर जडान गरिएका छन्’, उनी भन्छन्, ‘ती सेन्सरले प्रयोगकर्ताललाई बाटोमा आउने कुनै पनि प्रकारका बाधा अड्चनबारे सचेत गराउँछ ।’स्मार्ट लठ्ठीले प्रयोगकर्तालाई आसपासका क्षेत्रमा रहेको सामान र वस्तुबारे बोलेर जानकारी दिन्छ । यो विल्ट इन स्पिकर, स्मार्टफोन, इन्टिग्रेसन सिस्टमका अलावा अरू थप्रै सेन्सरले सुसस्जित छ । ‘वी वक’ डिभाइसमा एउटा इलेक्ट्रोनिक हेन्डल लगाइएको हुन्छ । जसले अल्ट्रासोनिक सेन्सरको सहयोगबाट खुट्टादेखि टाउकोसम्म आउने कुनै पनि प्रकारका बाधाअड्चनलाई पहिचान गर्छ र हेन्डलमा भाइब्रेसन उत्पन्न गरेर प्रयोगकर्तालाईसचेत गराउँछ ।

प्रयोगकर्ताले यसलाई स्मार्टफोनसँग पनि कनेक्ट गर्न सक्छन् । यसले गुगल म्याप र वायरलेस असिस्टेन्ट फिचरलाई पनि सपोट गर्दछ । यसमा जडान गरिएको बिल्ट इन स्पिकरले बाटोमा आउने पसल र भवनहरुका बारेमा युजरलाई बोलेर जानकारी दिन्छ । जसलाई प्रयोगकर्ताले देख्न सक्दैनन् ।

वी वक ओपन प्लेटफर्म टेक्नोलोजीमा आधारित छ । अर्थात् यसलाई कुनै पनि थर्ड पार्टी ऐपका माध्यमबाट स्मार्टफोनमा कनेक्ट गर्न सकिन्छ । यसको नेभिगेसन क्षमतालाई अझै राम्रो बनाउन यसलाई राइडिङ ऐप र ट्रान्सपोटेसन सर्भिसमा जोड्नेमा पनि गृहकार्य भइरहेको छ ।

यसले एन्ड्रोयड र आईओएस दुवै प्रकारको डिभाइसमा काम गर्न सक्छ । स्मर्ट लठ्ठीमा रहेको यूएसबी इनपुटको सहयोगले यसलाई चार्ज गर्न सकिन्छ । एकपटक फुल चार्ज भयो भने यसले ५ घन्टासम्म काम गर्छ ।

यसको मूल्य लगभग ५६ हजार तोकिएको छ ।  #BBC


ताजा खबर