सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूलाई नेपालमा दर्ता गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ताकेता गरेको छ ।
सामाजिक सञ्जाल प्रयोगलाई व्यवस्थित गर्न दर्ताका लागि सूचना जारी गर्दै मन्त्रालयले ताकेता गरेको हो । सूचनामा सामाजिक सञ्जाल सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले मन्त्रालयमा सूचीकरण गर्न र सम्पर्क व्यक्ति तोक्न भनिएको छ।
उक्त कार्यले अनलाइन प्लेटफर्मको जिम्मेवारी बढाउने र डिजिटल स्पेसलाई सुरक्षित तथा मर्यादित बनाउन मद्दत पुग्ने अपेक्षा मन्त्रालयको छ ।
यस्तै, निर्देशिकाको कार्यान्वयनका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने सूचनमा जनाएको छ।
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता भइसकेको छ।
सरकारले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्ने तथा नियमन गर्ने सम्बन्धमा आवश्यक कानूनी व्यवस्था गर्ने भन्दै विधेयक ल्याएको हो । रासस