भारतले नेपाललाई ७ अर्ब अनुदान दिने

भारतले नेपाललाई यस वर्ष पनि ७ अर्ब अनुदान दिने भएको छ। वित्तमन्त्री निर्मला सीतारमणले छिमेकी देशहरुलाई दिने आर्थिक सहयोगलाई युनियन बजेटमा निरन्तरता दिएकी हुन्।

यस बजेटमा विदेशी सहायतास्वरुप ५४ अर्ब ८३ करोड छुट्याइएको छ। जुन अघिल्लो वर्षको ४८ अर्ब ८३ करोडको तुलनामा केही बढी हो।

यसअनुसार यो वर्ष पनि नेपालले गत वर्षकै जति सहयोग पाउने भएको हो। नेपालले ७ अर्ब पाउँदा भुटानले सबैभन्दा बढी २१ अर्ब ५० करोड पाएको छ।

त्यस्तै माल्दिभ्सले ६ अर्ब, अफगानिस्तानले १ अर्ब, म्यानमारले साढे ३ अर्ब, श्रीलंकाले ३ अर्ब र बंगलादेशले १ अर्ब २० करोड पाउने भएको छ। रासस


ताजा खबर