आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पर्यटनको राजधानी पोखरामा २६ औँ संकरणको पोखरा सडक महोत्सव सुरु भएको छ ।
रेष्टुरेन्ट एण्ड बार एशोसिएशन (रेबान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गरेको हो ।
यही पुस १७ सम्म चल्ने महोत्सवको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरालाई महोत्सबै महोत्सबको शहर बनाउनु पर्ने बताउनुभयो ।
यसअघि लेकसाइडको खहरेबाट विभिन्न जातजाति, ६० भन्दाबढी आमा समूह, पर्यटनसम्बद्ध विभिन्न सङसंस्थालगायत स्थानीयको उपस्थितिमा सांस्कृतिक झाँकीसहित र्याली निकालिएको थियो । रासस