नेपाली विद्यार्थीका लागि अमेरिकाको भिसा आवेदन खुला

उच्च शिक्षाका लागि अमेरिका जान चाहने नेपाली विद्यार्थीले आगामी अप्रिलदेखि नयाँ भिसा आवेदन दिन सक्ने भएका छन् ।

काठमाडौँस्थित अमेरिकी दूतावासले सूचना निकालेर सन् २०२५ को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो ।

दूतावासका अनुसार अप्रिल महिनाका आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने मे महिनाका आवेदन १३ मार्च बिहान ८ बजे खुल्नेछ ।

यस्तै जुन महिनाका आवेदन १७ अप्रिल बिहान ८ बजे र जुलाई महिनाका आवेदन १५ मे बिहान ८ बजे खुल्ने दूतावासले जनाएको छ । दूतावासले आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ ।

विद्यार्थीले भिसा प्रक्रिया सम्बन्धी थप जानकारीका लागि दूतावासको यो लिङ्कमा गएर हेर्न सकिने दूतावासले जनाएको छ।


ताजा खबर