२०३४ को विश्वकप फुटबल साउदी अरेबियामा

सन् २०३४ को फिफा विश्वकप फुटबल साउदी अरेबियामा हुने भएको छ । ४८ टोली सहभागी यो संस्करणको विश्वकपका खेलहरू साउदी अरेबियाका पाँच आयोजक शहरहरू रियाद, जेद्दा, अल खोबर, आभा र निओमका १५ वटा रङ्गशालाहरूमा खेलाइने छ ।

९२ हजार दर्शक क्षमता भएको रियादको किङ सलमान स्टेडियम निर्माण सम्पन्न भएपछि त्यहाँ उद्‌घाटन र फाइनल खेल हुने बताइएको छ ।

यस्तै, सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् ।

प्रतियोगिताको १०० वर्ष पुगेको उपलक्ष्यमा सन् २०३० मा हुने प्रतियोगिताका तीन खेलहरू अर्जेन्टिना, पाराग्वे र उरुग्वेमा पनि हुने जनाइएको छ । रोयटर्स


ताजा खबर