‘गुलाबी उमेर’ : अमर न्यौपाने

“आँधीलाई झै सम्हाल्न गाह्रो । तर सम्हालिसकेपछि बहार जस्तै सुवासिलो लाग्ने उमेर यही हो। पहाडलाई झै अँगाल्न गाह्रो । तर अँगालिसकेपछि प्रेम जस्तै मीठो लाग्ने उमेर पनि यही हो । बादलझै उडेका सपनालाई कपास सम्झिएर धागो बनाउने अनि बारबार बुन्ने र उधार्ने उमेर पनि यही हो । आफ्नै तन र मनलाई आफैले हुँदासमेत आफूलाई मन परेको मानिसले छोएझै आनन्द लाग्ने उमेर पनि यही हो । असम्भव जस्तै लाग्ने कल्पना; महामानवको जस्तै लाग्ने समभावना; मरूभूमिमा स्वर्गीय सपना देख्ने जाँगरको सागर भएको उमेर पनि यही हो । जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि । यी दुवै गन्तव्यमा पुर्र्याउन साइतको शिलान्यास गर्ने उमेर पनि यही हो– गुलाबी उमेर ।”

सामाजिक यथार्थबादी आख्यान सेतो धर्तिका लागि मदन पुरस्कार तथा उस्तै प्रकृतिको उपन्यास पानीको घामबाट पद्यमश्री पुरस्कार जितिसकेका युवा आख्यानकार अमर न्यौपानेले एक स्कुले किशोरीको मनोविज्ञानमा आधारित भएर सकृजना गरेको आफ्नो चौथो कृति गुलावी उमेरमा ऋतु नाम गरेकी किशोरीको १३ देखि १७ वर्ष सम्मको उमेरका पढाई, प्रेम, सफलता उन्नती प्रगति र अदोगतिका घटना परिघटनालाई जोडेर वर्तमान नेपाली समाजका युवायुवतिहरुले गर्ने आर्कषण युक्त प्रेमको माध्यमबाट युवाहरुको मनोदषा चित्रण गर्दै त्यसमा परिवारको भूमिका खोज्ने प्रयास गरेका छन् ।

पुस्तकको अगाडी र पछाडी कभरमा गुलावी उमेर देख्दा जसरी एउटा हुनाहार प्रेम कथाको पुस्तक होला, पुस्तकले रुमानी प्रेमको बायुपंखि विमानमा अकाश माथि–माथि उडाउला भन्ने सोच झट्ट दिमागमा आउछ तर कितावको अध्ययनमा त्यस्तो भने छैन । बरु किशोरअवस्थाका युवा युवतिले कसरी नाटकीय ढंगले एक अर्कालाई मन पराएर आर्कषण युक्त प्रेमको फन्दामा फस्न पुग्छन् र त्यो प्रेमलाई सार्थक तुल्याउन के सम्म गर्न पछि पर्दैनन् अनि त्यसले कसरी दुर्घटना निम्त्याउन सक्छ भन्ने उदाहरण मुलक कथाको माध्यमबाट नेपाली समाजको बर्तमान प्रेम बातावरणको अवस्था चित्रण गरिएको छ । ख्यालख्यालमै मायाजालमा फस्ने युवा पुस्तको प्रेमभावलाई उचित व्यवस्थापन गर्न नसक्दा कसरी परिवार विखण्डनको मुखमा पुग्छ भन्ने गतिलो उदाहरण पनि गुलावि उमेर हो । रोमान्चक प्रेमकथा भन्दा बढि प्रेम व्यवस्थापन र प्रेम बुझाई लेखकले महत्व दिएको महसुस गर्न सकिन्छ ।

गुलावि उमेर यस्तो उमेर हो जुन समयमा मानिसहरु आफूलाई नयाँ ढंगले स्थापित गराउने बाटो बारे सोच्दछन, जिन्दगी बारे सोच्छन् र भविष्यमाको चिन्तनमा डुब्छन । समाजमा परिचित हौ भन्छन् र केहि गर्न उत्प्रेरित समेत हुन्छन् । उमेर भन्दा बढि परिपक्क हुने कोशिस गर्दछन् र हरेक कुरामा आफू जिम्मेबार भएको महसुस पनि गर्दछन् । वास्तविकतामा त्यो समय अभिभावकीय संरक्षकत्व आवश्यक रहेकै हुन्छ तर आफ्नो भविष्यको चिन्ता गर्दै सतहि विश्लेषणबाट भविष्यको योजना बुनेर जिन्दगीका सुखद सपनाहरु देख्न थाल्छन् जसका लागि प्रेमी पे्रमीका बनाउने उनिहरुसंग सम्बन्ध विस्तार गर्ने र जिन्दगी सुन्दर बनाउन विकल्प खोज्न थाल्छन् । तर अपरिपक्क समयमा गरिने प्रेमले सोचेको र खोजेको बाटो लिन सक्दैन । त्यो केवल आर्कषणमा सिमित भैदिन्छ । स्थिति र परिस्थितिको भिन्नताले कलिलो उमेरको प्रेमलाई जोगाई राख्न सक्ने अवस्था पनि रहदैन र छुट्टिनु पर्ने अवस्था आउछ । उपन्यासमा यहि विषयलाई प्रमुख प्राथमिकताका साथ पुष्टि गर्ने प्रयास गरिएको छ ।

हाम्रो समाज अपरिपक्क उमेरमा गरिने प्रेमका कारण विभिन्न खाले समस्यामा फस्दै प्रेमका कारण घटित घटनाहरुमा परिवार तथा समाजमा पारेको प्रभावको विश्लेषण गर्दै किशोरावस्थामा गरिने अनजानको प्रेममा युवापुस्ता जस्तोसुकै त्याग गर्न पनि पछि नपर्ने अन्धप्रेमीको रुपमा खडा हुने गरेको भएपनि अपरिपक्क उमेरमा गरिने प्रेम परिवार भन्दा माथि नहुने भन्दै आफ्ना अभिभावकले सन्ताको कहिल्यै कुभलो चिताउदैन भन्ने सन्देश सहित बर्तमान नेपाली समाजको प्रेम प्रतिको गलत बुझाई र त्यसले नेपाली समाजमा पारेको अषरलाई उपन्यासले चित्रण गरेको छ । किशोरअवस्थामा हुने विपरित लिङ्ग प्रतिको स्वभाविक आर्कषण र त्यसको उचित व्यवस्थापन गर्न नसक्दा ख्यालख्यालमा माया बस्ने र असफल प्रेमको एक प्रसंगलाई जोडेर नेपाली युवापुस्ताको मनोदशा चित्रण गरिएको उपन्यासमा युवा पुस्ताको प्रेममा परिवारको धारणा बुझ्न सकिन्छ ।

लेखकले उपन्यासलाई जिवन्त बनाउन उपन्यास आफूले नभई आफ्नो विद्यार्थी १३ वर्षिय ऋतु मार्फत लेखाउने प्रयास गरेका छन् । ऋतुले १३ देखि १७ वर्ष सम्मको आफ्नो जीवन भोगाई, पारिवारिक पृष्ठभूमि, स्कुले जीवन, माया प्रेम र त्यसमा परिवारको धारणा व्यक्त गरेकी छन् । ऋतुको माध्यमबाट हामीले बर्तमान समाजमा किशोर किशोरीको अपरिपक्क प्रेम र त्यसले निम्त्याउन सक्ने दुर्घटना तथा त्यसको व्यवस्थापनमा अभिभावकको भूमिकाको गहन अध्ययन गर्न सक्छौ ।

माध्यमकि तहमा अध्ययन गर्दै गरेकी १६ वर्षे किशोरी ऋतु पढाईमा मेहेनती, जेहेन्दार र सोझी हुदाहुदै पनि सर्मपण नाम गरेको केटा साँग प्रेममा पर्छिन । पढाई र प्रेमलाई उचित व्यवस्थापन गर्न नसक्दा उनको पढाई विग्रदै जान्छ । सधै राम्रो नतिजा ल्याउने छोरीको नतिजा विग्रिंंएपछि छोरि प्रति आमाको शंका बढ्न थाल्छ र छोरीको प्रेमले आमालाई चिन्तीत बनाउछ । किशोर अवस्थाको प्रेम र त्यसको अषर बारे बुझाउनको सट्टा छोरी प्रति आमाको जर्वजस्तीले आमा छोरीको सम्बन्ध चिसिदैन मात्र छोरी घर नै छोडेर कोठामा बस्न थाल्छीन । यो कुरा थाहा पाएपछि राम्रो रोजगारीको अवसर पाएर विदेश गएका बुवाले छोरीलाई सम्झाई बुझाई गरेर घर फर्काउन सफल भएपनि आमा छोरी विचको सम्बन्धमा न्यायो पन ल्याउन सक्दैन । तर उच्च शिक्षाको अध्ययनको लागि विदेश गएको व्याईफ्रेडले ऋतुलाई धोका दिएर उतै अर्को गर्लफ्रेण्ड बनाएपछि प्रेममा धोका पाएकी ऋतुले कलिलो उमेरको प्रेमलाई बुझ्छिन, परिवारको महत्व बुझ्छिन र वास्तविकता महसुसक गर्छिन । मुलत कथा वस्तु यति नै हो । यहि सेरोफेरोमा विविध कथा र उपकथाहरु तथा प्रसंगहरु छन् । प्रेमका रुमानी रोमाञ्चकताहरु छन्, त्याग, तपश्यार सर्मपणका भावहरु छन् जसले उपन्यासलाई रोचक बनाएको महसुस गर्न सकिन्छ ।

लेखकीय शिल्पका आधारमा परिपक्क लेखकले किशोरा अवस्थालाई परिकल्पना गरेर लेखेको शब्दहरु वास्तविक धरातलमै पाउन सकिए पनि पुरुष लेखकले किशोरी भएर ऋतुको तर्फबाट लेखिरहदा कथाबाचनमा ठाउँ ठाउँमा हस्तक्षेप गरेको महसुस हुन्छ । १३ वर्षे किशोरीको डायरी ठाउँ ठाउँमा पत्याउन गाह्रो हुन्छ, उमेर भन्दा परिपक्क लेखनी र शब्द चयनले उमेर भन्दा अस्वभाविक सोचाई भएको कि भन्ने महसुस ठाउँ ठाउँमा गर्नु पर्दा तरकारीमा नुन खल्लो भएको महसुस गराउछ । ऋतुको १३ देखि १७ वर्ष सम्मको विद्यार्थी जिवन भित्रका घटना परिघटनाका उतार चढाव नै उपन्यासको मुख्य विषय वस्तु भएपनि उपन्यासको अन्त्यतिर नाटकीय ढंगले ऋतुकी आमाको पूर्व प्रेमी सँगको सम्बन्ध र त्यसले परिवारमा पारेको अषरहरुका अनुच्छेद पढिरहदा उपन्यास अन्यत्रै बहकिएको हो कि फिल्मी शैलि ल्याइएको हो कि ? अथवा उपन्यासलाई ऋतुकै कथाबस्तुले अन्त्य गर्न सक्ने ठाउँबाट निकै अगाडि बडीसकेपछि अन्त्य गर्न अप्रिय घटना घटाईएको हो बुझ्न कठिन पर्ने अवस्था छ ।

केवल उपन्यासलाई विट मार्न मात्र नाटकीय कथा प्रवेश गराईएको जस्तो लाग्छ । यि अचुच्छेदहरु पढिरहदा परिपक्क लेखकबाट गरिएको कमजोरी मनमा अनुभूति हुन पुग्छ । यद्यपि प्रेम, परिवार र समाज चित्रण गर्न उपन्यास सफल भएको छ । गुलावि उमेरका थुप्रै यथार्थ सजिव ढंगले अक्षरमा उतारीएको छ । स्कुले उमेर देखिनै माया जालमा फस्ने र प्रेमको रोमाञ्चकता रमाउनेहरुका लागि प्रेम नै ठूलो विषय होइन यो जिवन सफलताका लागि बाधक पनि हुन सक्छ । प्रेम परिपक्क उमेरमा नै गर्ने हो र सोच विचार पूर्ण हुनुपर्छ भन्ने सन्देश दिन भने उपन्यास सफल भएको छ । यो जमानको सस्तो प्रेमलाई व्यवस्थापन गर्न र प्रेमको आगोमा हामफाल्नेहरुलाई सचेत गर्न उपन्यासले सक्दो प्रयत्न गरेको छ ।

प्रस्तुतीः विनय दहाल

ताजा खबर