राष्ट्रपतिसमक्ष तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाए

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि विभिन्न तीन देशका राजदूतले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

सोमबार कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अलन्सारी, गणतन्त्र पेरुका गैरआवासीय राजदूत जाभिर म्यानुल पौलिनिक भेलार्दे र कम्बोडियाका गैरआवासीय राजदूत क्यो कुङले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

कतारका आवासीय राजदूत मिसाल मोहम्मद अली अलन्सारी
गणतन्त्र पेरुका गैरआवासीय राजदूत जाभिर म्यानुल पौलिनिक भेलार्दे

 

राष्ट्रपति समक्ष तीन देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र
कम्बोडियाका गैरआवासीय राजदूत क्यो कुङ

राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा ओहोदाको प्रमाणपत्र पेश गर्नुअघि नवनियुक्त राजदूतहरूलाई काठमाडौंस्थित होटल रेडिशनदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको थियो। –रासस


ताजा खबर