बेलायती राजा चार्ल्स तृतीयले पहिरिए राजमुकुट

चार्ल्स  तृतीयले वेस्टमिन्स्टर एबीमा आयोजित विशेष समारोहबीच राजमुकुट पहिरिएका छन् ।

चार्ल्स तृतीयले लगाए राजमुकुट (३१ तस्बिर)

उनलाई क्यान्टरक्युरी जस्टिन वेलबाईका आर्कशपले सेन्ट एड्वार्डज क्राउन शनिबार बेलायती नरेश चार्ल्सको शिरमा राज्याभिषेक समारोहबीच पहिराइदिएका हुन् ।

Britain-Coronation21683381690.jpg

जीवनमा यही एक पटक उनले ‘सेन्ट एड्वर्ड्ज क्राउन’ भनिने राजमुकुट पहिरिने छन्।

यो राजमुकुट पहिरिने राजा चार्ल्स तृतीय सातौँ शासक हुन्।

b81683383666.JPG

यसअघि चार्ल्स द्वितीय, जेम्स द्वितीय, विलियम तृतीय, जोर्ज पञ्चम, जोर्ज छैटौँ अनि एलिजाबेथ द्वितीयाले यो मुकुट पहिरिएका थिए।

उक्त राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिएकी थिइन्।

सोही समारोहमा आर्चविशपले रानी कमिलालाई ‘क्वीन मेरीज् क्राउन’ पहिर्‍याइदिए।

b91683383666.JPG

b111683383667.JPG

उक्त मुकुट पहिले जोर्ज पञ्चमको राज्याभिषेकका बेला रानी मेरीका निम्ति बनाइएको थियो।

वेस्टमिन्स्टर एबीमा विम्बहरूले भरिएको र सङ्गीतमय प्रस्तुतिमाझ राज्याभिषेकको विस्तृत समारोहमा त्यसअघि चार्ल्स तृतीयले राजाका दायित्व पूरा गर्ने शपथ लिएका थिए।

समारोहमा मुस्लिम, यहुदी, सिख र बौद्ध समुदायका प्रतिनिधिहरू सहभागी थिए जहाँ बाइबलको एक अंश वाचन गर्ने प्रधानमन्त्री ऋषि सुनक हिन्दू हुन्।

समारोहको बीचबीचमा राजाले नै रोजेका सङ्गीत बजेका थिए जसमा नयाँ बनाइएका १२ वटा धुन समावेश थिए।

पत्नी रानी कमिलाका साथ उनी बकिङ्घम दरबारबाट उक्त समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो।

Britain-Coronation11683381690.jpg

राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल स्थान सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए।

वेस्टमिन्स्टर एबीमा करिब २ घण्टा लामो राज्याभिषेक समारोहपछि उनीहरू पहिले आएकै मार्गबाट बकिङ्घम दरबारतर्फ फर्किए।

b211683383671.JPG

राजा-रानी शाही परिवारका वरिष्ठ सदस्यहरूसहित बकिङ्घम दरबारको बाल्कोनीमा उभिएर सडकमा जम्मा भएका हजारौँ मानिसहरूलाई हात हल्लाएका थिए।

Britain-Coronation_cover1683381690.jpg

जहाँ प्रिन्स र प्रिन्सेस अफ वेल्स तथा उनीहरूका छोराछोरी उपस्थित थिए। राजकुमारी एन र राजुकुमार एडवार्ड समेत त्यहाँ उपस्थित भए तापनि राजकुमार ह्यारी भने देखिएनन्।

b171683383669.JPG

b161683383668.JPG

सीएनएनका अनुसार बाल्कोनीमा परिवारसाथ उपस्थित हुनका लागि ह्यारीले निम्तो पाएका थिएनन्।

ड्युक अफ ससिक्सकी श्रीमती मेगन र उनका दुई सन्तान राज्याभिषेक समारोहका लागि यूके नै आएका थिएनन्।

Britain-Coronation81683381692.jpg

राज्याभिषेककै दिन ह्यारीका छोरा आर्चीको चौथो जन्मदिन परेको छ।

दरबारअगाडि भेला भएका मानिसहरूलाई अभिवादन गर्ने क्रममा फ्लाई पास्टको आयोजना समेत गरिएको थियो।

सन् १९०२ मा राजा एड्वर्ड सप्तमको पालादेखि द मलमा रहेका मानिसहरूलाई त्यसरी अभिवादन गर्ने परम्परा छ।

b251683383672.JPG

राज्याभिषेकको भव्य शाही समारोह संसारभरिबाट निम्त्याइएका अतिथिहरू सहभागी छन्।

विश्वनेता र राजपरिवारका सदस्यहरूसहित दुई हजारभन्दा धेरैलाई राज्याभिषेक समारोहका लागि निम्त्याइएको थियो। मनोरञ्जन जगत्‌का व्यक्तिहरू समेत अतिथिका रूपमा सहभागी भए।

यूकेका प्रधानमन्त्री ऋषि सुनक र देशका सातजना पूर्वप्रधानमन्त्रीहरू राज्याभिषेक समारोहमा सहभागी भएका थिए।

यूकेका प्रधानमन्त्री ऋषि सुनकले शनिवारको दिन “अभूतपूर्व राष्ट्रिय गौरवको क्षण” भएको र “हाम्रो देशको आधुनिक चरित्रको जीवन्त प्रदर्शन” भएको बताएका छन्।

उनले ट्वीटमार्फत् भनेका छन्: “कुनै अर्को देशले यस्तो चमकदार प्रस्तुति गर्न सक्दैन। तर यो प्रदर्शनी मात्र होइन। यो हाम्रो इतिहास, संस्कृति र परम्पराको गौरवपूर्ण अभिव्यक्ति हो।”

योजनाबद्ध रूपमा तय गरिएको सप्ताहान्तका विशेष कार्यक्रमहरूमा सडक पार्टीहरू र आइतवार विन्डसर कासलमा हुने कन्सर्ट समेत समावेश छ।

सोमवार देशव्यापी रूपमा स्वयंसेवी कार्यक्रमहरू हुँदैछन्।

Britain-Coronation111683381692.jpg

शनिवारको समारोहबीच राजतन्त्रविरोधी समूहहरूले विरोध प्रदर्शनहरू समेत गरेका थिए। रोयटर्स


ताजा खबर