बहुपक्षीय ऋणदाता विश्व ब्यांकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने अनुमान गरेको छ।
ब्यांकले नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै यस्तो अनुमान गरेको हो। एशियाली विकास ब्यांकले पनि नेपालको यस वर्षको आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने अनुमान गरेको थियो।
विश्व ब्यांकका अनुसार, सङ्कुचित मौद्रिक नीति, आयातमा प्रतिबन्ध, उच्च मूल्यवृद्धि दर, सरकारको घट्दो पूँजीगत खर्चका कारण आर्थिक वृद्धिदर गत वर्षको भन्दा खुम्चिन लागेको हो। गत वर्ष आर्थिक वृद्धिदर ५.८ प्रतिशत भएको थियो।
विश्व ब्यांकले आगामी आर्थिक वर्ष २०८०/०८१ मा भने आर्थिक वृद्धिदर ४.९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ। ब्यांकका अनुसार, सन् २०२३ मा दक्षिणएशियाको आर्थिक वृद्धिदर ५.६ प्रतिशत रहने अनुमान छ। रासस