ल्याप्रोस्कोपिक विधिबाट पेट तथा पाठेघरको शल्यक्रिया

केही दशकयता संसारभरि नै ल्याप्रोस्कोपिक विधिबाट पेटको तथा पाठेघरको शल्यक्रिया वा अपरेसनको लोकप्रियता बढ्दै गएको छ।

यसको प्रमुख कारण यसबाट बिरामीलाई हुने फाइदाहरु नै हुन्। जसले गर्दा पछिल्लो समय यो विधिबाट शल्यक्रिया गर्न चाहने बिरामीको संख्या बढेको छ।

परम्परागत रूपमा पेटमा ठाडो वा तेर्सो लामो चिरा पारेर गरिने अपरेसनको साटो पेटमा ससाना घाउ बनाई पेटको भित्री अंगमा भएको समस्या हेर्ने तथा उपचार गर्ने प्रविधि नै ल्याप्रोस्कोपिक सर्जरी हो।

May be an image of 2 people and people standing

यसकारण ल्याप्रोस्कोपिक सर्जरी आवश्यक 

१)सानो घाउ

२) दुखाइ कम

३) अपरेसन गरेकै दिन वा भोलि पल्ट घर जान सकिने

४) अपरेसनको बेला रगत कम बग्ने

५) घर फर्किदा बित्तिकै घरायशी काम गर्न सकिने

६) एक हप्तामा अफिस, कलेज वा काममा जान सकिने

७) घाउ पाक्ने सम्भावना बिरलै हुने

८) कस्मेटिक फाइदा

९) पेटभित्र अङ्गहरु एक आपसमा जोडिने सम्भावना कम

१०) छ घण्टामा झोल र १२ घण्टामा खाना खान मिल्ने

११) घाउबाट हर्निया नहुने

१२) टाका निकाल्न नपर्ने

१३)भोलिपल्ट नै नुहाउन सकिने

१४)भबिष्यमा अन्य अपरेसन गर्न सजिलो हुने, आदि।

 वरिष्ठ स्त्री तथा प्रसूती रोग विशेषज्ञ प्रा. डा.जागेश्वर गौतमको फेसबुकबाट


ताजा खबर