२०८० सालका बिदा सार्वजनिक : विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती सहित ३५ दिन बिदा (राजपत्रसहित)

विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ । 

सरकारले विसं २०८० सालमा दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ ।

विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ । सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ ।

राजपत्रमा उल्लेख भएको सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । शनिवार बाहेक ३५ दिन बिदा हुने भएको छ ।

यस्तै आगामी वर्षको बडादसैँमा कात्तिक ४–९ गतेसम्म (६ दिन) र तिहारमा कात्तिक २६–३० गतेसम्म (५ दिन) बिदा दिने सरकारले सूचनामा उल्लेख गरेको छ ।

राजपत्र हेर्न यहाँ क्लिक गर्नुहोस् ।


ताजा खबर