आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरी मनाईँदै

आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हो । यो दिवस आज नेपालसँगै विश्वभर विविध कार्यक्रम गरी मनाइन्छ ।

यो दिवसलाई नेपालमा विशेषगरी नारी दिसको रूपमा मनाउने गरिएको छ । त्यसैले आज सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत पूर्वप्रधानमन्त्री तथा दलका शीर्ष नेताहरूले शुभकामना सन्देश दिएका छन् ।

नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएकी थिइन् । सोही दिनको स्मरण गर्दै आज विश्वभर यो दिवस मनाउने गरिएको हो ।


ताजा खबर