११३औँ नारी दिवसको शुभकामना

~ शोभा पाण्डेय सिलवाल
सहनशील ,कर्मशील, त्यागी पनि  नारी
यी नारीलाई छुट्ने होइन, सधैँ कामको भारी ।
घर अनि अफिसको कामले थिचिएकी
समाज अनि सरकारद्वारा पछि पारिएकी ।
आफू टुट्न परे पनि अर्कालाई जोड्ने
सबको भलो होओस् भनी सदा मरिमेट्ने ।
प्रजातन्त्र ,गणतन्त्र लोकतन्त्रमा नि
महिलाको अधिकार कागजमा छ नि ।
‘उप’ मा नै चुप लागून् भन्ने उद्देश्यले
आधा धर्ती ढाकेकालाई तेत्तिस प्रतिशतले ।।
महिला मुक्ति आन्दोलनमा चर्का भाषण ठोक्ने
शोसित,पीडित नारी आवाज कसले सुनिदिने ?
कागज र भाषणमा  चर्काचर्का नारा
अभाव र महँगीमा थिचिएका सारा ।
एक्काइसौँ शताब्दीमा  योगमाया बनी
को आइदेला नारी सबलाई मुक्ति दिन्छु भनी ।
यसपालिको नारी दिवस विशेष दिन बनोस्
नारीहरूको  समस्यालाई सम्बोधन होओस् ।
चुल्होचौको छाडी अब अघि बढौँ हामी
सबै काम गर्न सक्छौँ पुरुषभन्दा दामी ।
११३औँ  नारी दिवस सबले मनाऔँ न
जुम्ले हात जोडी  हजुर शुभकामना ! शुभकामना !!

ताजा खबर