दूधको मूल्य वृद्धिगर्ने सरकारको निर्णय

सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले दूधको मूल्य बढाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले जानकारी दिनुभयो ।

बैठकले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६.४ बाट ९ रुपैयाँले वृद्धि गरेर ६५.५ बनाउने निर्णय गरेको जानकारी उहाँले दिनुभयो ।

हाल दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ५ पैसा छ । अब दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५ पैसा पुगेको छ ।

राष्ट्रिय दुग्ध विकास बोर्डले प्रतिलिटर १० रुपैयाँले मूल्य बढाउन सिफारिस गरेको थियो । बोर्डले प्रति लिटर १० रुपैयाँले मुल्य बढाउन भनेपनि सरकारले भने ९ रुपैयाँले मात्रै मूल्य बढाएको छ ।

किसानले दूधको उचित मूल्य पाउन नसकेको गुनासो गरिरहेको बेला किसानको हितलाई ध्यानमा राखी दूधको न्यूनतम मूल्य निर्धारण गरिएको हो ।


ताजा खबर