पपुवा न्यू गिनी विरुद्ध नेपालको सानदार जित

नेपालले क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध चार विकेटको विजय हात पारेको छ ।

टस हारेपछि ब्याटिङमा उत्रिएको पपुवा न्यु गिनीले दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ३ रन बनाएको थियो । २०४ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको नेपालले ६ विकेट गुमाएर ४५.२ ओभरमा विजयी लक्ष्य पूरा गर्‍यो ।

blog

अघिल्लो साता नेपालले घरेलु मैदानमा लिग-२ को नामिबिया र च्याम्पियन स्कटल्यान्डविरुद्धको २–२ खेल गरी सबै ४ खेल जित्दै क्लिन स्विप गरेको थियो । नेपालले २०२० को फेब्रुअरीदेखि २०२१ को सेप्टेम्बरसम्ममा गरी एकदिवसीय अन्तर्राष्ट्रियमा लगातार चार खेल जितेको थियो ।

नेपाल २९ खेलको समाप्तिमा २८ अंकसहित सात राष्ट्र सहभागी लिग-२ को छैटौं स्थानमा छ । नेपालले बाँकी रहेको ७ मध्येको ४ खेल जितेमा शीर्ष पाँचभित्र परेर एकदिवसीय अन्तर्राष्ट्रिय मान्यतालाई कायम राख्ने छ भने ६ खेल जितेमा शीर्ष ३ राष्ट्र बन्दै जुलाईमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा पुग्ने छ ।

यूएई भ्रमणमा नेपालले पपुवा न्यु गिनी र यूएईसँग २–२ खेल खेलेपछि लगत्तै काठमाडौं आएर यही दुई टोलीसँग थप २–२ खेल खेल्दै लिग-२ को यात्रा टुंगाउने छ । -रासस


ताजा खबर