हिमाल सागर र मिस पवीको मैँ राजा तिमी रानी

लोकप्रिय गायक हिमाल सागरको ‘मैँ राजा तिमी रानी’ बोलको गीतको भिडियो रिलिज भएको छ। गायक हिमाल सागर र गायिका अनु चौधरीको स्वर रहेको मैँ राजा तिमी रानीमा सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको सङ्गीत र एरेन्ज छ।

भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको रोमान्टिक अभिनय देख्न सकिन्छ। जसमा एक जोडीको सफल प्रेम कथालाई देखाएको छ।  उत्सव दाहालको छायाङ्कन, मीन रावलको सम्पादन तथा  विकाश दाहालको कलरिङ रहेको गीतको  मिक्स र मास्टरिङ पुष्कर खत्रीले गरेका हुन्।

बिक्रम चौहानले निर्देशन गरेको सार्वजनिक गीतको भिडियो धुलिखेल आसपासका रमणीय स्थानमा छायाङ्कन गरिएको हो। शम्सेर श्रेष्ठले  निर्माण गरेको भिडियो साइराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो।


ताजा खबर