मन्थली माविको पूर्व विद्यार्थी समाजको अध्यक्षमा डा.परशुराम घिमिरे

रामेछापस्थित हालको मन्थली मावि तत्कालित महेन्द्रोदय मावि पूर्व विद्यार्थी समाजको शनिबार मन्थलीमा सम्पन पूर्व विद्यार्थी समाजको साधारण सभा तथा प्रथम अधिवेशनबाट समाजका संस्थापक अध्यक्ष डा.परशुराम घिमिरे निर्वाचित पदमा निविरोध रुपमा निर्वाचित हुनु भएको छ ।

अधिबशनले उपाध्यक्ष,सचिव, सह–सचिव र कोषाध्यक्षमा, क्रमशः रमेशराज सुवेदी, कुमार खत्री, भगवती तामाङ र अम्बिका देवकोटालाई सर्व सम्मत रुपमा चयन गरेको छ भने सदस्यहरूमा क्रमशः विजय कुमार घिमिरे, रमेश उदाश, रमा श्रेष्ठ, हरीकुमार कार्की, शान्ता न्यौपाने सुवेदी, सरोज श्रेष्ठ, तिर्थ सुवेदी र श्याम श्रेष्ठ रहनु भएको समाजका निवर्तमान सदस्य नविन केसिले बताउनु भयो ।

२०६६ सालमा विधिवत रुपमा दर्ता भएको उक्त संस्थाको शनिवार सम्पन्न अधिबेशनको प्रमुख अतिथिको रुपमा सो माविका पूर्व प्रधानाध्यापक गुञ्ज बहादुर श्रेष्ठ रहनु भएको थियो ।

कार्यक्रमका अवसरमा वोल्ने क्रममा उहाँले समाजले विद्यालय र पूर्व विद्यार्थीको संस्थागत विकासका लागि सहयोग गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै नब निर्वाचित अध्यक्ष डा.पर्शुराम घिमिरेले संस्थालाई पूर्व विद्यार्थीहरुको साझा चौतारीको रुपमा विकास गर्नका लागि आफुले कुनै पनि कसुर नराख्ने भन्दै आगामी दिनमा संस्थाका गतिविधिलाई तिब्रताका साथ अगि बढाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

मन्थली माविको पूर्व विद्यार्थी समाजको अध्यक्षमा डा.घिमिरे - Nepal Abhiyan

अधिबेशनले संस्थाका कोषाध्यक्ष अम्बिका देबकोटाको संयोजकत्वमा विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष वा प्रतिनिधि र विद्यालयका प अ सदस्य रहने गरी अप्ठेरोमा परेका पूर्व विद्यार्थीहरुलाई सहयोग गर्ने उदेश्यले अक्षय कोष खडा गर्ने समेत निर्णय गरेको नव निर्वाचित सचिब कुमार खत्रीले जानकारी दिनुभयो ।


ताजा खबर