त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनियाँ पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो सुनसहित दुई चिनिया नागरिक पक्राउ परेका छन् । जना पक्राउ परेका छन् ।

विमानस्थल भन्सार कार्यालयले गएराति सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ । नियमित जाँचका क्रममा उनीहरु समातिएका हुन् ।

पक्राउ पर्नेमा इएच ६५९६६३७ नम्बरको राहदानी बाहक चेन होङयाङ र इए ५८०७५९८ नम्बर राहदानीका चेन क्वीनहाङ छन् । नुसार उनीहरु हङकङबाट नपाल एयरलाइन्सको विमानमा काठमाडौं आएका थिए ।

पक्राउ परेका व्यक्ति नै सुनको मालिक हुन् वा अन्य कसैका लागि ल्याउँदै थिए भन्ने खुलिसकेको छैन ।

रासस


ताजा खबर