लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आव्हानमा शान्ति स्थापना कार्यको लागि खुट्टिने क्रममा युनिफिल मिसन लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकको अदलीबदली भएको छ ।

श्री गोरखबक्स गण (शान्ति सेना) ६३औँ डफ्फालाई बदली गर्नको लागि श्री पुरानो गोरख गण (शान्ति सेना) ६४ औँ डफ्फाका दुई सय १० जना शान्ति सैनिक सेनानी अरुण थापाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमानमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेको सेनाले जनाएको छ ।

प्रमुख सेनानी अनिल कुमार बुढाथोकीको कमाण्डमा खटिएको उक्त गणका ६ सय ४० जना शान्ति सैनिक यस अगावै मिसन इलाकामा पुगिसकेका छन् । उक्त मिसनमा तैनाथ श्री गोरखबक्स गण (शान्ति सेना) ६३औँ डफ्फाको अन्तिम टोलीका दुई सय १६ जना शान्ति सैनिक प्रमुख सेनानी विकास केसीको नेतृत्वमा आइतबार नेपाल फर्कने कार्यक्रम रहेको छ ।


ताजा खबर