फिफा उत्कष्ट खेलाडीहरुको नाम सार्वजनिक

फिफा विश्व उत्कृष्ट पुरुष र महिलाको शीर्ष तीनमा पर्न सफल खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ ।

फिफा वर्ष उत्कृष्ट पुरुषमा लियोनेल मेस्सी र केलियन एमबाब्बे बीच प्रतिस्पर्धा हुने भएको छ । अर्जेन्टिनाका विश्वकप विजेता कप्तान मेस्सी र फ्रान्सका सुपरस्टार फरवार्ड एमबाब्बे फिफाको उत्कृष्ट शीर्ष तीनमा परेका छन् ।

कतारमा भएको विश्वकपमा दुबैले उत्कष्ट खेल प्रदर्शन गरेका थिए । दुवैले विश्वकपको फाइनलमा आफ्नो टोलीको नेतृत्व गरेको आठ हप्तापछि फिफाले घोषणा गरेको हो । त्यसैगरी डिफेन्डिङ बालोन डी’ओर विजेता करिम बेन्जेमा अटाएका छन् । त्यस्तै फिफा २०२२ उत्कृष्ट महिला खेलाडीमा इङ्गल्याण्डको बेथ मीड,अमेरिकाको एलेक्स मोर्गन र स्पेनकी एलेक्सिया पुटेलास परेका छन् । पुटेलासले २०२१ को लागि सर्वोत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी थिइन् ।

ग्लोबल भोटिङ प्यानलद्वारा मतदान गरिएको अन्तिम सूचीमा उनीहरुको नाम सार्वजनिक गरेको हो । राष्ट्रिय टोलीका कप्तान र प्रशिक्षकहरूको विश्वव्यापी प्यानल र फिफाका २११ सदस्य राष्ट्रहरूमध्ये प्रत्येकमा चयन गरिएका पत्रकारहरूका साथै फ्यानहरूले अनलाइन भोटिङ गरेको भोटिङमा शीर्ष तीनमा परेका छन् । विजेताहरुको घोषणा पेरिसमा फेब्रुअरी २७ मा हुने समारोहमा गरिनेछ । रोयटर्स


ताजा खबर