बढुवा भएका सैनिकलाई दर्ज्यानी चिह्न प्रदान

प्रधानसेनापति प्रभुराम शर्माले सहायकरथीबाट बढुवा हुनुभएका कृष्णदेव भट्टलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उहाँलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

मन्त्रिपरिषद्को यही माघ २३ गतेको बैठकबाट उपरथीमा बढुवा हुनुभएका भट्टलाई सैनिक मुख्यालयले प्रबन्धरथी विभागको प्रमुखको जिम्मेवारी दिएको छ ।

सोही समारोहमा सहायक रथीमा एक र महासेनानीमा बढुवा भएका चार जना सैनिक अधिकृतलाई बढुवा भएको पदको दर्ज्यानी चिह्न प्रदान गरिएको थियो । रासस


ताजा खबर