कुमारी बैंकको संस्थापक शेयर विक्रीमा

 कुमारी बैंकको १ लाख ११ हजार ६३५ कित्ता संस्थापक शेयर माघ २२ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले सुरेश चन्द्र तायलको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।


ताजा खबर