‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक

फिल्म ‘छक्कापञ्जा ४’ को पहिलो गीत ‘दर्शन सलाम’ सार्वजनिक भएको छ । गीतमा दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, निर्मल शर्मा, बुद्धि तामाङ, राज आचार्य, केदार घिमिरे लगायत कलाकारहरू देख्न सकिन्छ ।

यस्तै, फिल्ममा दीपक दीपाको टेलिसिरियल तीतो सत्यमा बालकलाकार रूपमा अभिनय गर्नुभएका राजले यो फिल्मबाट मुख्य कलाकारको रूपमा डेब्यू गर्दै हुनुहुन्छ ।

गीतमा राजेन्द्र थापाको शब्द, डेभिड शङ्कर र साहिमा श्रेष्ठको स्वर, दीपक शर्माको सङ्गीत, नरेन्द्र मैनालीको छायाङ्कन र कविराज गहतराजको कोरियोग्राफी छ ।

फागुन १९ लाई प्रदर्शन मिति तय गरेको ‘छक्कापञ्जा ४’ मा दीपकराज गिरीकै कथा तथा पटकथा र हेमराज बीसीले निर्देशन छ ।


ताजा खबर