क्यानको साधारण सभा सुर्खेतमा गर्ने निर्णय

नेपाल क्रिकेट संघ क्यानको साधारण सभा सुर्खेतमा गर्ने निर्णय गरेको छ । आगामी फागुन १४ र १५ गते साधारण सभा बाट नयाँ कार्यसमिति चयन गर्ने निर्णय  गरेको हो । पोखरामा बसेको क्यानको बैठकले नेपाली यु १९ राष्ट्रिय क्रिकेट टिमको कप्तानमा गुल्सज कुमार झालाई मनोनयन गरेको छ ।

क्यानका  अध्यक्ष चतुरबहादुर चन्दले आफ्नो राजीनामा मागेर निलम्बनको बाटोमा लैजान खोजिएको बताउनु भएको छ ।  अध्यक्ष चन्दले राजीनामा माग्ने बाटो साधारण सभा मार्फत विधानअनुसार अगाडि बढ्नुपर्नेमा उल्टो बाटो खोजिएको बताउनु भएको छ ।

पोखरामा मङ्गलवार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकपछि बुधबार पत्रकार सम्मेलनमा बोल्दै चन्दले यस्तो बताउनु भएको हो ।

अध्यक्ष चन्दले ‘अली इलेक्सन’ गर्ने आफूले घोषणा गरेको बताउनु भएको छ । आगामी फागुन १४ र १५ गते सुर्खेतमा सङ्घको साधारण सभा गर्ने निर्णय गरेका छौ  । बागलुङ र पर्वत जिल्ला क्रिकेट सङ्घको तदर्थ समितिलाई मान्यता दिने निर्णय समेत गरेको बताउनु भयो ।  पोखरामा बसेका क्यानको बोर्ड बैठकमा ७ जना केन्द्रिय सदस्यले नेपाल टी–२० लिगको विषयलाई लिएर अध्यक्ष चन्दको राजीनामा मागेका थिए ।

अध्यक्ष लगायत कार्य सम्पादन समितिका सदस्यहरूको राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए । केन्द्रीय बोर्ड बैठकले सेन्ट्रल कन्ट्र्याक्टका लागि पुरुष र महिला खेलाडीको वर्गीकरण गरेको छ । जसमा पुरुषतर्फ पूर्वकप्तान ग्रेड ‘ए’बाट ‘बी’मा झरेका छन्  भने अर्का पूर्वकप्तान सन्दीप लामिछाने ग्रेडमै समेटिएका छैनन्

बैठकले नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । बलात्कार आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो भने उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको क्यानका सदस्य प्रशान्त विक्रम मल्लले बताउनु भयो ।


ताजा खबर