वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा राजेन्द्र भण्डारी निर्वाचित

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा एमाले निकट प्रगतिशील समूहका राजेन्द्र भण्डारी निर्वाचित हुनुभएको छ ।

May be an image of 2 people, people standing and indoor

काठमाडौंमा शुक्रबार भएको निर्वाचनमा भण्डारी १९९ मतसहित निर्वाचित हुनुभयो । अध्यक्षका प्रत्यासी भूवनसिंह गुरुङले १५१, कुमुद खनालले १३१ र ईश्वरबहादुर जीसीले १२८ मत पाउनुभयो ।

महासचिव र सचिव बाहेक सबै पदाधिकारी भण्डारी समूहका निर्वाचित भएका छन् । प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री (कुमार), द्वितीय उपाध्यक्षमा सञ्जु गुरुङ, तृतीय उपाध्यक्षमा रोसन कटुवाल, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा सरिता घले निर्वाचित हुनुभयो ।

सदस्यहरुमा राजेन्द्र बस्नेत, विक्रम श्रेष्ठ, देवीमाया थापा, बैकुण्ठप्रसाद पौड्याल (बैभव), कैलाश पाठक, देउमान नेम्वाङ, आनन्द कोइराला, नारायण भूसाल, तोरणकुमार कार्की र चन्द्रबहादुर लिम्बू निर्वाचित हुनुभयो ।

May be an image of 5 people

May be an image of 3 people, people standing and people sitting


ताजा खबर