आईसीसी विश्वकप लिग–२ को खेल तालिका सार्वजनिक

पालले घरेलु मैदान कीर्तिपुरमा खेल्ने आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको खेल तालिका सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल, स्टकल्यान्ड र नामिविया सम्मिलित सिरिज फेब्रुअरी १४ देखि २१ तारिखसम्म हुनेछ । नेपालले सिरिजको पहिलो खेल नामिवियासँग १४ तारिख, दोस्रो खेल स्टकल्यान्डसँग १७ तारिख, नामिवियासँग पुन १८ तारिख र स्टकल्यान्डसँग २१ तारिख खेल्नेछ ।

सिरिजमा हालसम्म २४ खेल खेलेको नेपाल १८ अङ्कसहित छैटौँ स्थानमा छ । ३२ खेलमा ४६ अङ्क बनाएको स्कटल्यान्ड शीर्षस्थानमा छ भने ३० खेलबाट ३७ अङ्क बनाएको नामिविया तेस्रो स्थानमा छ । लिगमा सहभागी  सात टोलीले एक आपसमा कूल ३६ खेलपछि सिरिजको शीर्ष तीनमा रहने टोली सन् २०२३ मा आयोजना हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।


ताजा खबर