कानुनी शासन पालना गर्न संयुक्त राष्ट्रसङ्घको आग्रह

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गर्नुभएको छ ।

उहाँले भन्नुभएको छ–म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसङ्घका सदस्य देशहरुलाई आग्रह गर्दछु भने हामी सबैले संयुक्त राष्ट्रसङ्घको मूल्य मान्यता र यसको बडापात्रको सम्मान गर्नुपर्दछ र मलाई लाग्छ सबैले कानुनी शासनको पालनामा ध्यान दिनुपर्दछ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषदको बैठकलाई बिहीबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले त्यस बैठकमा विश्वका सबै देशहरुले आजको अवस्थामा संयुक्त राष्ट्रसङ्घको मूल्य मान्यतामा जोड दिँदै यसको महत्वका लागि कानुनी शासनको पालना गर्न र यसको बडापत्रमा ध्यान दिन आग्रह गर्नुभएको बताइएको छ ।

उहाँले विश्वमा शान्तिको स्थापना गर्न तथा अन्तर्राष्ट्रिय कानुनहरुको पालना र यसको प्रवर्द्धनका लागि विश्वका देशहरुले संयुक्त राष्ट्रसङ्घको बडापत्र र यसका मूल्य मान्यताहरुको सम्मान र प्रवर्द्धनमा जोड दिनुभएको पनि सो समाचारमा जनाइएको छ ।

विश्वम शान्ति स्थापना गर्न तथा विश्वका नागरिकहरुमा  आत्मसम्मानको विकास गर्नका लागि पनि कानुनी शासनको पालना र यसको सम्मान अहिले निकै नै जरुरी रहेको उहाँको भनाइ थियो ।

विश्वमा दिन प्रतिदिन हिंसा बढ्दै गएको छ र अहिले विश्वमा विभिन्न नयाँ स्वरुपमा नागरिकहरुप्रति हत्या हिंसा बढ्दै गएको छ भन्दै यो सबै अवस्थाको अन्त्यका लागि कानुनी शासनको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो–विश्वका विभिन्न देशमा हत्या हिंसा बढ्दै गएको छ । विभिन्न स्वारुपका हिंसात्मक गतिविधिहरु बढिरहेका छन् भन्दै यसका लागि सबैले कानुनको पालना र दोषीमाथि कानुनी शासनअनुरुप कारबाही हुनु जरुरी छ । रासस/सिन्ह्वा


ताजा खबर