डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ।

संस्थाको पुस २५ गते सोमबार बसेको सञ्चालक समतिको बैठकले गत आर्थिक वर्षको संचित मुनाफबाट १० प्रतिशत बोनस सेयर र ११.०५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत गरी) कुल २१.०५२६३ नगद लाभांस दिने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट  पारित गरी सेयरधनीहरुलाई वितरण गरिने  छ।

नेपाल राष्ट्र बैंकबाट विकास बैंक ऐन २०५२ अन्तर्गत २०५८ आषाढ १९ मा वित्तीय कारोवार गर्न इजाजत प्राप्त गरी बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन २०६३ बमोजिम नियमित एवं सञ्चालित  डिप्रोक्स लघुवित्तसंग हाल अधिकृत पूँजी  रु २ अर्ब, जारी तथा चुक्त पूँजी रु. १ अर्ब ३८ करोड ७४ लाख   रहेको छ ।


ताजा खबर