पब्जी विश्वकपमा ५८ अङ्कसहित नेपाल दोस्रो स्थानमा

पब्जी विश्वकपमा नेपाल दोस्रो भएको छ । इन्डोनेसियामा सम्पन्न फाइनल खेलमा नेपाल टर्कीसँग पराजित भयो ।

नेपालको द रियल सोल्जर्स (डीआरएस) एक सय ५८ अङ्कसहित दोस्रो भएको हो । टर्कीको एसटुजी ई स्पोर्ट्सले एक सय ९० अङ्कका साथ च्याम्पियन बन्यो । नेपालकै अर्को टोली ट्रेन्ड टु किल (टि२के) एक सय १२ अङ्कसाथ १३औं स्थानमा रहन सफल भयो ।

उपविजेता नेपालले दुई लाख अमेरिकी डलर (करिव दुई करोड ६४ लाख रुपियाँभन्दा बढी) पुरस्कार पाएको छ । नेपालबाट डीआरएस टोलीमा दीपेश गुरुङ, साहस भण्डारी, सुविनकुमार प्रजापती, समीर गुरुङ र संगीन भट्टराईले प्रतिस्पर्धा गर्नुभएको थियो ।

विजेता टर्कीले पाँच लाख १० हजार अमेरिकी डलर पुरस्कार पायो । १३औं स्थानमा रहेको नेपालको टि २ केले पनि एक लाख ३२ हजार पाँच सय अमरिकी डलर प्राप्त गरेको छ ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२२ को रुपमा सञ्चालित यस विश्वकपमा चीन र ब्राजिलको तीन तीन, नेपाल, टर्की, मङ्गोलिया र थाइल्यान्डको दुई दुई तथा मलेसिया र इन्डोनेसियाको एक एक टोलीले भाग लिएका थिए ।


ताजा खबर