२२औँ आहा रारा पोखरा गोल्डकपको उपाधि सङ्कटालाई

२२ औँ संस्करणको आहा १ रारा पोखरा गोल्डकप फुटबलको उपाधि सङ्कटा फुटबल क्लबले जितेको छ ।

May be an image of 8 people and people standing

पोखरा रङ्गशालामा शनिबार भएको फाइनलमा अमेरिकाको भुटनीज यूथ सकर क्लब युएसएलाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले हराउँदै सङ्कटा च्याम्पियन बनेको हो ।

खेलको अतिरिक्त समयमा कप्तान सुनिल बलले गोल गरेपछि सङ्कटा च्याम्पियन बन्न सफल भएको हो । सङ्कटाले दोस्रो पटक आहा १ रारा पोखरा गोल्डकपको उपाधि जितेको हो । खेलको ८ औँ मिनेटमा सुरज ठकुरीले गोल गर्दै सङ्कटालाई सुरुआती अग्रता दिलाएका थिए ।

उपाधिसँगै सङ्कटाले १२ लाख नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता भुटनीजले ६ लाख प्राप्त गरेको छ ।


ताजा खबर