हिमालयन ब्यांकले डिस्कभर्स सञ्जालका कार्ड स्वीकार गर्ने

हिमालयन ब्यांकले डिस्कभर्स अन्तर्राष्ट्रिय सञ्जालका कार्डहरू स्वीकार गर्न शुरू गरेको छ।

डिस्कभर्स, डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्स फाइनान्सियल सर्भिसेजको गठबन्धन सञ्जालका कार्ड मार्फत हिमालयन ब्यांकका पस मशिनमा भुक्तानी गर्न सकिने ब्यांकले जनाएको छ।

काठमाडौं, पोखरा, लुम्बिनी, चितवन आदि पर्यटकीय क्षेत्रका होटल, रेस्टुराँ, खुद्रा व्यापार तथा अन्य मर्चेन्टमा रहेका हिमालयन ब्यांकका पस मेसिनमा उक्त नेटवर्कका कार्ड मार्फत भुक्तानी गर्न मिल्नेछ।

यसबाट नेपालका मर्चेन्टलाई विश्वभरि फैलिएका डिस्कभर्स सञ्जालका २८ करोड ग्राहकले वार्षिक रूपमा प्रयोग गर्ने ५०० अर्ब डलर बराबरको कारोबारमा पहुँच पाउने ब्यांकको दाबी छ।

डाइनर्स क्लब अन्तर्राष्ट्रिय तथा डिस्कभर्सको लोगो भएका मर्चेन्टहरूले यी कार्ड स्वीकार गर्नेछन्। यो व्यवस्थासँगै नेपाल भ्रमणमा आउने पर्यटकका लागि सुविधा पुग्नेछ।

हिमालयन ब्यांकले यसअघि अमेरिकन एक्सप्रेस, जेसीबी, मास्टरकार्ड, युनियनपे, भिसाका कार्ड जारी तथा स्वीकार गर्दै आएको छ।


ताजा खबर