विश्वकपमा बेल्जियमले क्यानडालाई १-० गोलले हरायो

बेल्जियमले कतारमा जारी विश्वकप फुटबलमा सुखद सुरुवात गरेको छ । समूह एफ अन्तर्गत अहमद बिन अली रंगशालामा बुधबार राति भएको खेलमा बेल्जियमले क्यानडालाई १-० गोलले हरायो ।

बेल्जियमको जितमा मिसी बात्सुआईले निर्णायक गोल गर्नुभयो । बात्सुआईले ४४अ‍ौं मिनेटमा टोबी एल्डरवेरल्डको लामो पासमा प्राप्त बललाई नियन्त्रणमा लिँदै गोल गर्नभएको हो ।

बल पोसेसनमा अब्बल देखिएको बेल्जियमले दोस्रो हाफमा थप गोल गर्न सकेन । यता क्यानडाले पनि पाएको अवसर सदुपयोग गर्न नसक्दा हार खेप्यो । जितसँगै बेल्जियमले तीन अंक बनाएको छ ।

यस समूहमा क्रोएसिया र मोरक्कोले एक एक अंक बनाएका छन् । समूहको पहिलो खेलमा क्रोएसिया र मोरक्कोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका थिए । -रोयटर्स


ताजा खबर