मकवानपुर-२ मा एमालेका उम्मेदवार महेश बर्तौला बिजयी

मकवानपुर-२ नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी हुनुभएको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादिका बिरोध खतिवडालाई पराजित गर्दै बर्तौला विजयी हुनुभएको हो ।

बर्तौलाले निकट प्रतिस्पर्धी खतिवडालाइ ४ हजार पाँच सय २० मतान्तरले पराजित गर्नुभएको हो । ८६ हजार ३ सय १ मत खसेकोमा बर्तौलाले ३४ हजार ९ सय १६ मत पाएर विजयी हुँदा खतिवडाले ३० हजार ३ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

बर्तौला निर्वाचित भएसँगै खतिवडाको अपराजित यात्रा टुङ्गिएको छ । यसअघि लगातार ४ पटक एमालेबाटै सोही निर्वाचन क्षेत्रबाट निर्वाचित हुँदै आउनुभएका खतिवडा पाचौं पटक मैदानमा हुनुहुन्थ्यो ।-


ताजा खबर