काठमाडौं ४ मा कांग्रेसका गगन थापा भारी मतान्तरले विजयी

काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापा भारी मतान्तरले विजयी भएका छन्।

कांग्रेसका महामन्त्रीसमेत रहेका थापाले नेकपा एमालेका उम्मेदवार राजन भट्टराईलाई हराएका हुन्। थापाले २१३०२ मत ल्याएका छन् भने एमालेका भट्टराईले १३८५५ मत ल्याएका थिए।

उनीहरूबीच सात हजारभन्दा बढीको मतान्तर छ। यहाँ ४५ हजार पाँच सय ३ मत खसेको थियो।


ताजा खबर