काठमाडौँ क्षेत्र नं १ मा कांग्रेसका प्रकाशमान सिंह विजयी

काठमाडौँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी हुनुभएको छ ।

सिंहले प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई एक सय २९ मतले पराजित गर्नुभयो । सिंहले सात हजार एक सय ४० मत ल्याउनुभयो । साथै, मिश्रले सात हजार ११ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गत २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सिंहले मिश्रलाई नै पराजित गर्नुभएको थियो । तत्कालीन समयमा कांग्रेसका सिंहले १० हजार नौ सय ३६ मत प्राप्त गर्नुभएको थियो भने विवेकशील साझा पार्टीका उम्मेदवार मिश्रले १० हजार एक सय १८ मत प्राप्त गर्नुभएको थियो । रासस


ताजा खबर