देश हाँक्न युवालाई भोट हाल्नुपर्छ

~शोभा पाण्डेय / सिलवाल

आमाबुबा ,दाजुभाइ , दिदीबहिनी  हेर
अमूल्य मत देऔँ हाम्ले नफालेर खेर।
पाँच वर्षमा आउने चुनाब सफल पार्नुपर्छ
योग्य व्यक्ति छान्न सके देशले मुहार फेर्छ।
बुढाखाडा नेतालाई पाखा लाउनुपर्छ
देश हाँक्न युवालाई भोट हाल्नुपर्छ ।
डाक्टर,नर्स,इन्जिनियर युरोप ,अमेरिका
युवाशक्ति अरब,कतार गाउँ भयो फिका।
मासुभातमा नबिकौँ है भोट हाल्ने  बेला
गोप्य हुन्छ मतदान नगर्नुस् है रेला ।
पार्टीभन्दा योग्य व्यक्ति देशलाई चाहिएको छ
 रवि, सागर जस्ता युवा  छान्न पाइएको छ ।
 पाँच वर्षमा विमान चढी भोट माग्‍नेलाई
  मतदाता ,धरौटी नि फिर्ता नहोस्  है ।
  अझै छैन अस्पताल, बाटो अनि पुल
   फेरि यिनलाई भोट दिने नगरौँ है भुल ।
   भिजन भाको युवाशक्ति  पालो आउनुपर्छ
   यो पटकलाई व्यक्ति फेरौँ हेरौँ के के गर्छ ?
   मतदाता शिक्षा लिऔँ नमानेर झर्को
    भोट हालौँ बदर नहोस्  मतपत्र हाम्रो।
    चुनाव हो यो नेपालीको महान् चाहाड
    सबको मनमा छाओस् रौनक आओस् मनमा बहाड।

ताजा खबर