जी ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनमा समूहको अध्यक्षता भारतलाई

समूह बीसका नामले परिचित विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको सत्रौँ शिखर सम्मेलनले समूहको अध्यक्षता भारतलाई हस्तान्तरण गरेको छ ।

समूहका अध्यक्ष एवम् इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले आज यहाँ शिखर बैठक समापान समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई औपचारिकरूपमा समूहको अध्यक्षता हस्तान्तरण गर्नुभएको हो ।

जी ट्वेन्टीको अध्यक्षता सम्हाल्नु भारत र हरेक भारतीय नागरिकका निम्ति गर्वको विषय भएको बताउँदै अठारौँ शिखर सम्मेलन भारतका विभिन्न शहरमा आयोजना गरिने तथा समूहलाई परिवर्तनको संवाहक बनाउन उत्प्रेरक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

समूहको अध्यक्षता पाएको भारतले त्यसलाई समावेशी, महात्वाकांक्षी, निर्णायक एवम् कार्यउन्मुख बनाउने दृढता उहाँले व्यक्त गर्नुभयो । त्यसअघि उहाँले ‘डिजिटल’ रूपान्तरणबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । रासस/एएनआई


ताजा खबर