ऋषि सुनक ब्रिटेनका नयाँ प्रधानमन्त्री बन्ने निश्चित

उनी पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ र यूकेले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा कार्यभार सम्हाल्ने भएका छन्। नयाँ बन्ने ब्रिटिश प्रधानमन्त्रीले यूकेमा दशकौँमा देखापरेका सबैभन्दा गम्भीर आर्थिक समस्याहरू र उनीहरूकै वैद्यताका प्रश्नहरू सामना गर्नेछन्।

संयुक्त अधिराज्य बेलायतमा पहिलो पटक भारतीय मूलका व्यक्ति प्रधानमन्त्री बन्ने भएका छन्। ४२ वर्षीय ऋषि सुनक सोमबार कन्जरभेटिभ पार्टीको नेतामा निर्विरोध भएसँगै उनी बेलायतका नयाँ प्रधानमन्त्री बन्न लागेको बिबिसीले जनाएको छ।

उनी पहिलो ब्रिटिश एशियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ र यूकेले ठूला आर्थिक चुनौतीहरूको सामना गरिरहेको समयमा कार्यभार सम्हाल्ने भएका छन्। नयाँ बन्ने ब्रिटिश प्रधानमन्त्रीले यूकेमा दशकौँमा देखापरेका सबैभन्दा गम्भीर आर्थिक समस्याहरू र उनीहरूकै वैद्यताका प्रश्नहरू सामना गर्नेछन्।

 बोरिस जोन्सनको सरकारमा अर्थमन्त्री रहेका ऋषि सात हप्ताअघि भएको कन्जरभेटिभ पार्टीको नेताको चुनावमा लिज ट्रससँग पराजित भएका थिए। प्रधानमन्त्रीका रूपमा ट्रसले ४५  दिनभन्दा बढी काम गर्न नसकेपछि राजीनामा दिएकी थिईन् । -रोयटर्स


ताजा खबर