नयाँ अमेरिकी राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्प्सनले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

आज राष्ट्रपति भवन शीतल निवासमा नवनियुक्त अमेरिकी राजदूत थम्प्सनले राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

May be an image of 2 people, people standing and indoor

ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्दै नवनियुक्त राजदूत थम्प्सनले नेपालका लागि अमेरिकी राजदूतका रुपमा काम गर्न पाउनु आफ्ना लागि सम्मानको विषय रहेको उल्लेख गर्दै नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न आफू उत्सुक रहेको जनाएका छन् ।

“नेपालका लागि अमेरिकी राजदूतका रूपमा काम गर्न पाउनु मेरा लागि सम्मानको विषय हो । अमेरिका–नेपाल साझेदारीको आगामी ७५ वर्षको सफलताले पछिल्ला ७५ वर्षका उपलब्धिलाई उछिन्नेछ भन्ने कुरा सुनिश्चित गर्न म नेपालको नेतृत्व र नेपाली जनतासँग सहकार्य गर्न उत्सुक छु ।” राजदूत थम्प्सनलाई उद्धृत गर्दै नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।


ताजा खबर