तिहारको शुभकामना 

~शोभा सिलवाल \पाण्डेय

कार्तिक  कृष्ण त्रयोदशीबाट सुरू भएको
कार्तिक शुक्ल द्वितीयासम्म मनाउने गरेको ।
पशुपंक्षीप्रति समेत कृतज्ञता व्यक्त गरी
घरमा लक्ष्मी माता भित्र्याएर खुसी मन भरी ।
औँसीको रातमा पनि दीपावली गरी
यमराज र यमुनाको पूजा हाम्ले गरी ।
दाजुभाइको निधारमा टीका लगाईवरी
मिठा मिठा परिकार समेत प्रदान गरी ।
दिदीबहिनी दाजुभाइको  कष्ट हरण गर्न
तेलले छेकी ओखर फोरी हर्ष उल्लास छर्न ।
वली जस्तै हुनु तिमी चन्द्र जस्तै शीतल
अघि बढून् तिम्रा पाइला सधैँ रहून् अटल ।
सूर्य जस्तै तेजी बन्नू सबको  दिलमा छाउनू
दुःखी गरिब अनाथको सेवा सधैँ गर्नू ।
ईश्वर दाहिना होऊन् तिम्रा पुगोस् मनका इच्छा
तिम्ले छोका वस्तु बनून् सधैँ कल्पवृक्ष ।
फूल जस्तै बन्नू तिमी दीपजस्तै हुनु
आफूसँग जोडिएका सबको छाता बन्नू ।
शुभ दीपावली अहिले यस अवसरमा
शुभेच्छा र शुभकामना  मानव जनजनमा ।

ताजा खबर