राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछाने प्रहरी नियन्त्रणमा

एक युवतीलाई जर्वजस्ती करणीको आरोप लगेका क्रिकेटको राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

कतार एयरवेजको विमानबाट बिहीबार (आज) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बिहीबार कतार एयरवेजको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए लगत्तै प्रहरीले लामिछानेलाई नियन्त्रणमा लिएको हो । विमानस्थल प्रहरी सुरक्षा प्रमुख डिआइजी श्यामलाल ज्ञवालीका अनुसार सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

उहाँले भन्नुभयो, ‘लामिछाने नेपाल पुगिसक्नु भएको छ, उहाँलाई विमानस्थलबाट हामीले नियन्त्रणमा लिएका छौँ ।’ लामिछाने स्वदेश फर्किन लागेको जानकारी सामाजिक सञ्जालबाट दिनुभएको थियो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे ओर्लिने विमान खराब मौसमका कारण अवतरण गर्न नसक्दा केही बेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज केही बेर आकाशमा घुमेको थियो ।

लामिछानेमाथि गत भदौ २१ गते एक बालिकाले बलात्कार आरोपमा जाहेरी दिनुभएको छ । नेपाल प्रहरीको आग्रह अनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाले विमान प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।  पूर्वकप्तान लामिछानेलाई अहिले अनुसन्धानकालागि प्रहरी वृत्त गौशालामा राखिएको छ ।


ताजा खबर