बडा दसैंको टीकाको दोस्रो दिन आज एकादशी मान्यजनबाट टीका ग्रहण गरिँदै

बडा दसैंको टीकाको दोस्रो दिन आज एकादशी । विजया दशमीको दिनमा मान्यजनका हातबाट टीका जमरा लगाएर आशिर्वाद लिन नपाएका र नभ्याएकाहरुले एकादशीको दिन पनि टीका ग्रहण गर्ने चलन छ ।

टाढा रहेका आफन्त टीकाको दिन टीका ग्रहण गर्न नआइपुग्ने हुँदा कोजाग्रत पुर्णिमाको दिनसम्म नै टीका लगाएर आशीर्वाद लिने सकिने परम्परा रहिआएको छ । बडा दसैंको दशौं दिन विजया दशमीको दिनबाट पाँच दिनसम्मै मान्यजन र आफन्तकहाँ पुगेर टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ ।

२० लाख बढी मानिसहरु दशें मनाउन आ(आफ्नो थाँतथलो फर्किएपछि केहि दिन देखि सुनसान देखिएको काठमाडौं उपत्यकामा हिजो टीकाको दिनदेखि भने केही चलहपहल बढेको छ । आफन्तकहाँ टीका लगाउन जानेहरुको चलहपलह बाक्लो बन्दै गएको छ ।

आज पनि विहानैदेखि टीका लगाउन मान्यजन र आफन्तकहाँ जानेहरुको चहलपहल सडकहरुमा देखिएको छ ।


ताजा खबर