पर्यटक बढ्दा पोखराका पर्यटन व्यवसायी उत्साहित

पर्यटकीय सिजन सुरु भएसँगै  पोखराका होटल तथा रेष्टुराहरुमा पर्यटकहरूको घुँईचो लाग्न थालेको छ । सेप्टेम्बर महिनाको सुरुवातसँगै दैनिक २५ प्रतिशत पर्यटकहरको पोखरामा आगमन हुन थालेको छ ।
दसैँ तिहार छठ जस्ता चार्ड पर्वहरू नजिकिए सँगै पोखरामा आन्तरिक तथा बाह्य पर्यटकहरुको सख्या बढ्न थालेको छ । दुई वर्ष सम्म कोरोना महामारी रहेको पर्यटन क्षेत्र यो सिजनमा केही सुधार हुने आशा देखिएको पश्चिमाञ्चल होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी बताउनु हुन्छ ।

पोखरा जोड्ने पृथ्वी राजमार्ग र नारायणगढ मुग्लीन सडक मर्मतका कार्य जारी छ । यस  कारण धेरै भारतीय पोखरा घुम्न आउन र मुक्तिनाथ दर्शनको लागी समस्या पर्ने गरेको भारतीय पर्यटक प्रह्लाद सावनत बताउनुहुन्छ ।
२०१९ को भन्दा पर्यटक आउने दर तथा होटलहरु मा आउने सोध पुछ  कमी भए पनि विस्तार दैनिक रुपमा इन्क्वारीहरु बढेको छ । तर   नेपालमा अन्य मुलुक वाट आउँदा   लाग्ने हवाई शुल्क धेरै महँगो भएको कारण पर्यटकहरुको सख्या कमी भएको हुन सक्ने होटल रानीवन आर्किट सञ्चालक  पर्यटन व्यवसायी हरि भुजेल बताउनु हुन्छ ।

राम्रो मौसम सुरुवात हुन लागे सँगै दैनिक २ सय  पर्यटक  अन्नपूर्ण पदमार्ग तिर लाग्न थालेका छन् ।  । यो पदमार्गमा मुख्य सिजनमा दैनिक तीन सय ५० भन्दा बढी विदेशी पर्यटक आउने गर्छन् । यो सिजनमा कोभिड भन्दा अगाडी ५० प्रतिशत सम्म होटल हरुको अकुपेन्सी रहने गरेको थियो ।
अव थलिएको पर्यटन क्षेत्रलाई माथि उकास्न नेपाल सरकार पर्यटन बोर्डले विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने पोखरा लेकसाइडका ब्यवसायिहरुको जोड छ ।


ताजा खबर