दशैंमा ग्लोबल आइएमई ब्यांकको आईफोन-१३ उपहार

ग्लोबल आइएमई ब्यांक लिमिटेडले मोबाइल ब्यांकिङ एप्लिकेशन ग्लोबल स्मार्ट प्लसबाट क्यूआर मार्फत भुक्तानी गरी दशैंको किनमेल गर्दा दुई जना भाग्यशाली प्रयोगकर्तालाई आइफोन–१३ प्रदान गर्ने भएको छ।

असोज १ गतेदेखि महीनाभरि चल्ने योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्यूआर मार्फत कारोबार गरी सामान खरीद गर्दा गोलाप्रथा मार्फत दुई जना ग्राहकलाई आइफोन–१३ प्रदान गरिने ब्यांकले जनाएको छ।

यस योजनामा सहभागी हुन असोज महीनाभर पाँच सय वा त्योभन्दा बढीको क्यूआर मार्फत कम्तीमा ६ वटा भुक्तानी भएको हुनुपर्ने ब्यांकले जनाएको छ।

ब्यांकले यो योजना स्विफ्ट टेक्नोलोजिज् प्रालि तथा स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रालिसँगको सहकार्यमा ल्याएको हो।


ताजा खबर