कुमारी बैंकको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट

कुमारी बैंकले निष्कासन गरेको ‘११ प्रतिशत केबीएल डिबेञ्चर २०७९’ बाँडफाँट भएको छ । बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत व्याजदर भएको ऋणपत्र अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले ३ अर्ब बराबरको ३० लाख कित्ता निष्कासन गर्ने स्वीकृति पाएको थियो ।

निष्कासन गर्न स्वीकृत पाएको कुल ऋणपत्रमध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरी १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्काशनबाट खुला गरेको थियो । १७ देखि ३१ भदौ २०७९ सम्म निष्कासन गरेको उक्त ऋणपत्रमा व्यक्तिगत तथा सार्वजनिक निष्कासन गरी जम्मा ३ अर्ब १५ करोड बराबरको आवेदन प्राप्त भएको बैंकले जनाएको छ ।

त्यसमध्ये रित पूर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँट गरिएको बैंकले जनाएको छ ।


ताजा खबर