क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैङ्कको आग्रह

 नेपाल राष्ट्र बैङ्कले क्रिप्टोकरेन्सीको कारोबार गर्नेलाई कारबाही गर्ने भन्दै यसको कारोबार नगर्न आग्रह गरेको छ ।

राष्ट्र बैङ्कले यसअघि पनि ३ पटक सूचना जारी गर्दै यस्तो करेन्सीको कारोबार नगर्न सजग गराइसकेको छ ।

राष्ट्र बैङ्कले सोमबार फेरी अर्को सूचना जारी गर्दै क्रिप्टोकरेन्सीहरुको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएकोले त्यस्ता कार्य गर्नेलाई कारबाही गर्ने जनाएको छ ।

क्रिप्टोकरेन्सीको कारोबार गरेको पाइएमा विदेशी मुद्रा विनिमय ऐन अनुसार कारबाही गर्ने केन्द्रिय बैङ्कले उल्लेख गरेको छ ।

किप्टोकरेन्सिको कारोबार, हाइपर फन्डमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा लगानी, ठगी तथा कर छली, लगानीको असुरक्षा, पूँजी पलायन, मूल्यमा अस्थिरता एवम् उतारचढाव, सट्टेबाजी आदिमा जोखिम हुने भएकोले त्यस्तो कार्य नगर्न सर्तक गराएको छ । –रासस


ताजा खबर