कारबाहीमा परेका खेलाडीको राष्ट्रिय टिममा पुनरागमन

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादपछि कारबाहीमा परेका खेलाडीले राष्ट्रिय फुटबल टिममा पनुरागमन गरेका छन्। बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि एन्फाले अल्मुताइरीको कारबाहीमा परेका खेलाडीलाई समेट्दै ४० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ।

एन्फाले सार्वजनिक गरेको ४० सदस्यीय टिममा अल्मुताइरीको कारबाहीमा परेका पूर्वकप्तान किरण चेम्जोङ, अनन्त तामाङ, रोहित चन्द, दिनेश राजवंशी, विशाल राई, तेज तामाङ, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्तिमगर टिममा परेका हुन्।

अल्मुताइरीसँगको विवादपछि कप्तान रोहित चन्दसहिचका १० खेलाडी एसियन कप तयारीका लागि गरिएको राष्ट्रिय टिमको क्याम्प छाडेका थिए। माल्दिभ्समा रहेका किरणले खेलाडीको साथ दिएपछि उनलाई पनि बाहिर राख्दै अल्मुताइरीले राष्ट्रिय टिम घोषणा गरेका थिए।

नेतृत्व परिवर्तन भएसँगै एन्फाले खेलाडीमाथिको कारबाही फुकुवा गरेको थियो भने मुख्य प्रशिक्षक अल्मुताइरीलाई स्पष्टीकरण सोधेको थिए । एसियन कप छनोटपछि कतारमै रहेका अल्मुताइरीले स्पष्टीकरणको जवाफ नदिइ सामाजिक सञ्जालबाटै बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको तयारीका खेलाडीको नाम सार्वजनिक गरेका थिए।

असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेलका एन्फा बोर्ड बैठकले प्रदीप हुमागाईंलाई कार्यबहाक मुख्य प्रशिक्षक बनाएको छ।

नेपाली टिम 

किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्‍जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ, संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट, विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास ।


ताजा खबर