२६३ जनामा कोरोना पुष्टि : दुई जनाको मृत्यु

शनिवार देशभर थप २६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  सार्वजनिक गरेको बुलेटिनमा तीन हजार एक सय ६५ मा गरिएको परीक्षण मध्ये दुई सय ६३ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार चार सय ३४ पुगेको छ ।

यस्तै, कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई पाँच सय एक जना घर फर्किएका छन् । मन्त्रालयका अनुसार आज कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको निधन भएको छ । अहिलेसम्म ११ हजार नौ सय ८६ को सङ्क्रमणबाट निधन भएको छ ।

पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला मोरङ रहेको छ ।

सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, कालीकोट, दार्चुला र हुम्ला रहेका छन् ।

मन्त्रालयका अनुसार होम आइसोलेसनमा पाँच हजार दुई सय २८, संस्थागत आइसोलेसनमा दुई सय छ, सघन उपचार कक्ष (आइसियु)मा ६१ र भेन्टिलेटरमा चार जनाको उपचार भइरहेको छ ।

विगत २४ घण्टामा एक लाख २७ हजार तीन सय २१ ले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।


ताजा खबर